१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार २२:५६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इतिहास कोर्दै मोरक्को सेमिफाइनलमा, पोर्चुगल स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार २२:५६:००

विश्वकप फुटबलमा इतिहास कोर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । 
सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने इतिहासि कोर्ने क्रममा मोरक्कोले पोर्चुगललाई १–० ले हरायो ।

मोरक्कोको जितमा युसेफ नेसरीले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको तुलनामा मोरक्कोले दोस्रो हाफमा लगातार दबाब बनाए पनि गोलमा परिणत गर्न सकेन । 

आजको खेलमा पनि क्रिश्चियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । एक गोलले पछि परेको अवस्थामा म्यानेजर सान्तोषले रोनाल्डोलाई ५०औँ मिनेटमा मैदानमा पठाएका थिए । तर, सम्भवतः अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोले टिमलाई उद्धार गर्न सकेनन् । 

मोरक्को अन्तिम पाँच मिनेट दश खेलाडीमा सीमित भएको थियो । ९३औँ मिनेटमा वालिद चेदिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर, पोर्चुगलले त्यसको फाइदा उठाउन सकेन । 

मोरक्को अब आजै राति हुने फ्रान्स र इंग्ल्यान्डबीचको विजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछ ।