१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o९:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातामा २ प्रतिशतले घट्यो सेयर बजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश प्रस्ताव जारी राख्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन । नेप्से सूचक दुई सातादेखि नै एउटै बिन्दुमा स्थिर रहँदै आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले विगतका वर्षहरूको तुलनामा कम लाभांश प्रस्ताव गरेको हुँदा बजारमा उत्साह नदेखिएको हो । 

हालसम्म ७७ वटा सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोष व्यवस्थापकहरूले गत आर्थिक वर्ष ०७८/७९ को नाफाबाट लाभांश घोषणा गरेका छन् । यसमध्ये १३ वटाले मात्रै १५ प्रतिशतमाथि लाभांश प्रस्ताव गरेका छन् भने १५ वटा कम्पनीले १० प्रतिशतमाथि बोनस सेयर प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को नाफाबाट हालै चार जीवन बिमा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसमध्ये भने तीनवटाको लाभांश १० प्रतिशतमाथि रहेको छ ।

बजार वृद्धि हुनका लागि कुनै राजनीतिक र पुँजी बजारका नीतिगत निर्णय भएका छैनन् । अर्कोतर्फ, ब्रोकर लाइसेन्सदेखि स्टक एक्सचेन्जका कामहरू रोकिएका छन् । निर्वाचनपछि नयाँ सरकार बन्न्ने र पुँजी बजार सुधारका कामहरू हुने अपेक्षा अहिलेको लगानीकर्तामा रहेको छ । मुख्य कुरा बैंकमा देखिएको तरलताको समस्या समाधान हुन नसक्दा पनि त्यसको प्रभाव सेयरमा देखापरेको छैन ।

यस साता चार दिन (आइतबारदेखि बुधबारसम्म) भएको सेयर कारोबारमा नेप्से दुई दशमलव २५ प्रतिशतले घटेको छ । चार दिनसम्म भएको कुल कारोबारमा नेप्से परिसूचक ४३ दशमलव ७८ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ बिन्दुमा बन्द भएको छ । 

अघिल्लो साता एक दशमलव ४२ प्रतिशतले वृद्धि भई नेप्से सूचक एक हजार नौ सय ६१ दशमलव शून्य ६ अंकमा बन्द भएको थियो । यस हप्ता नेप्से सूचक एक हजार नौ सय ७३ दशमलव ३९ को उच्च बिन्दुको परीक्षण गरेर एक हजार नौ सय १६ दशमलव ७७ बिन्दुको न्यूनतम बिन्दुसम्म आइपुगेको छ ।

पाँच अर्ब रुपैयाँ कारोबार 
यस हप्ता पाँच अर्ब ८५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता पाँच दिन भएको कारोबारमा ६ अर्ब ६४ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो । औसत दैनिक कारोबार एक अर्ब ४६ करोड रुपैयाँ रहेको छ । लगानीकर्ता बजारको गतिशीलतालाई मध्यनजर गर्दै सेयर किनबेचको पर्खाइमा रहेका छन् । लाभांश प्रस्तावको समय भएकाले तत्काल सेयर बेच्न लगानीकर्ता हतारिएका छैनन् ।

यस हप्ता सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्थाको ६२ रुपैयाँले बढेको छ । अघिल्लो साता संस्थाको दुई सय ९२ रुपैयाँ ६ पैसा रहेको थियो भने बढेर तीन सय ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी, यस साता सबैभन्दा बढी नोक्सान व्यहोर्ने कम्पनीमा सानिमा बैंक लिमिटेड रहेको छ । बैंकको अघिल्लो हप्ता दुई सय ६९ रुपैयाँबाट ३५ रुपैयाँ घटेर दुई सय ३४ रुपैयाँमा आइपुगेको छ । 

ad
ad