१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रविलाई उछिन्दै भुवन शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२२:oo

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको बिहीबार तेस्रो दिन भुवन नगरकोटी शीर्ष स्थानमा उक्लिएका छन् । १–अन्डर ६७ को स्कोरमा समग्रमा १०–अन्डर १ सय ९४ सहित भुवन शीर्ष स्थानमा उक्लन सफल भएका हुन् । लगातार दिन शीर्ष स्थानमा रहेका रवि खड्काले तेस्रो दिन बिर्सनलायक प्रदर्शन गरे । यसको फाइदा भुवनले लिएका छन् । भुवनले रवि र शुक्रबहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी छँदा नौ स्ट्रोकले पछि पारेका छन् । 

शुक्रले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रविले ९–ओभर ७७ को खराब प्रदर्शन गरे । दुवैजना समग्रमा १–अन्डर २ सय ३ को नतिजाका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १–ओभर २ सय ५ का साथ संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । धनले ३–अन्डर ६५, दिनेशले २–अन्डर ६६ र कृष्णमानले इभन–पार ६८ मा खेल सकाए ।

३–ओभर ७१ को नतिजाका साथ प्रदीपकुमार लामा समग्रमा ३–ओभर २ सय ७ सहित सातौँ स्थानमा छन् । रमेश अधिकारी र सूर्यप्रसाद शर्माले समग्रमा ४–ओभर २ सय ८ को नतिजामा संयुक्त रूपमा आठौँ स्थान बाँडे । ३६ होलको समाप्तिमा भुवन मात्र एक स्ट्रोकले पछि थिए ।‌तेस्रो दिन १–अन्डर ६७ को स्कोर बनाउँदा उनले नौ स्ट्रोकको अग्रता बनाए ।

दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए । भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो । रविले ९–ओभर ७७ को अत्यन्त खराब खेल खेले । रविले दोस्रो, चौथो, छैटौँ र नवौँ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा पूरा गरे । यसपछि पनि उनी सम्हालिन सकेनन् । एमेच्योरतर्फ समग्रमा ११–ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्ष स्थानमा छन् ।

ad
ad