Skip This
लहान इलाका प्रहरी कार्यालयअगाडि पत्रकारको धर्ना 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहान इलाका प्रहरी कार्यालयअगाडि पत्रकारको धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुख्य गेटमा पत्रकारहरू बिहीबार बिहानदेखि धर्नामा बसेका छन् । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेका सिराहाको नवराजपुर गाउँपालिका अध्यक्षका छोरासहित तीनजनाविरुद्ध कारबाहीको मागसहित प्रहरी कार्यालय पुगेका पत्रकारहरूलाई प्रहरी निरीक्षकले महासंघका जिल्ला उपाध्यक्षसहितका पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।

महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने पत्रकारलाई कुट्ने गाउँपालिका अध्यक्षका छोरासहित तीनजनामाथि कारबाही र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्रीउपर कारबाही नभएसम्म धर्ना जारी रहने बताएका छन्। 

गाउँपालिका अध्यक्ष शिवउदगार यादवकाे दबाब र प्रभावमा परेर कुटिएका पत्रकारले दिएको जाहेरीसमेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरूलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नुपरेको अध्यक्ष बनैताले बताए ।  

सरकारी मोटरसाइकलको विषयमा कुटपिट

१२ मंसिरको अपराह्न सखुवानन्कारकट्टी गाउँपालिका- ५ इटहर्वामा लागेको विवाहपञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर– २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नम्बर वडा बस्ने १८ वर्षीय पप्पु यादवको समूहले पत्रकार प्रदीपकुमार महतोलाई कुटपिट गरेकाे थियाे । 

नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय  प्रदीपकुमार महतोले आरोपी तीनजना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए । 

अध्यक्षका छोरा चन्दनसहित तीनजनाले गाउँपालिकाको नाममा रहेको प्र.१–००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको मागसहित जाहेरी दिएको भए पनि प्रहरीले दर्तासमेत गर्न नमानेको उनले गुनासो गरेका छन् ।  ।