१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर २१ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार १४:o४:oo

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन्। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए।