१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Friday, 04 July, 2025
रासस बोगटा
२o७९ मङ्सिर २० मंगलबार १६:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोलम्बियामा पहिरोमा परी ३३ जनाले ज्यान गुमाए

Read Time : < 1 मिनेट
रासस, बोगटा
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १६:३o:oo

कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ। पुरिएका नौजनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रुबाहक बस, मोटरसाइकललगायत सवारीसाधन पुरिएका तथा तिनमा यात्रारत तीनजना बालबालिकासहित ३३ जनाको ज्यान गएको यहाँका आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन्।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेबित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो। राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ।

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपत् व्यवस्थापनलगायतका कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिएका छन्।