मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १५:१२:oo

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीति र दादागिरी अन्त्य गर्न माग गर्दै महानगरको कदममा ऐक्यबद्धता जनाएको हो।

समितिले राजनीतिक दलहरूको छत्रछायामा सुकुमबासीको खोल आढेर हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ। काठमाडौं महानगरसँग ऐक्यबद्धता जाहेर गरेपछि मंगलबार महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गर्दै समितिले सही सुकुमबासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिंग भएको बताएको छ।

प्रदर्शनमा सहभागी महेशलाल बज्राचार्यले सुकुमबासीको नाममा भइरहेको दादागिरी अन्त्य गर्दै तथ्यांक संकलन गरी सही सुकुमबासीको व्यवस्थापन हुनुपर्ने बताए। सुकुमबासीहरूले नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुमबासी व्यवस्थापन गर्ने चाहना नै नभएको उनको आरोप छ। सुकुमबासी आयोग, भूमि आयोगलगायतका सम्बन्धित निकायले समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताए।

प्रदर्शनकारीले ‘उपत्यकाको भूमिलाई सुकुमबासी भूमि बनाउन पाइँदैन’, ‘सुकुमबासीको नाममा राजनीति गर्न पाइँदैन’, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए।