१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप २०२२ : पहिलो चरणका रोचक घटना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:४६:oo

कतार फिफा विश्वकप २०२२ को समूह चरणका खेल शनिबार बिहान सम्पन्न भएका छन् । विश्वकप इतिहासमै पहिलोपटक तीन एसियन राष्ट्रहरू नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । मध्यपूर्वी एसियामा पहिलोपटक आयोजना भइरहेको विश्वकपको पहिलो चरणअन्तर्गत ३२ खेलमा रोचक, अप्रत्याशित र विवादित नजिता आएका छन् । पहिलो चरणको अन्तिम खेलसम्म पनि नाटकीय खेल भए । पाँचपटकको विजेता ब्राजिल अफ्रिकन राष्ट्र क्यामरुनसँग १–० ले पराजित भयो । विश्वकप आयोजना भएदेखि कतारले निरन्तर रूपमा विवाद सामना गरिरहेको छ । पहिलो चरणमा खेलाडी र राष्ट्रले कीर्तिमान राखे । डेढ हप्ता विश्व नै फुटबलमय बन्यो । कीर्तिमान र रोचक घटना यस्ता छन् :

मेक्सिको ४४ वर्षपछि समूह चरणमै सीमित
मेक्सिको सन् १९७८ पछि पहिलोपटक नकआउट चरणमा स्थान बनाउन सकेन । मेक्सिकोले सन् १९७४, १९८२ र १९९० मा विश्वकप खेलेको थियो । सन् १९७० र १९८६ मा क्वार्टरफाइनल पुगेको मेक्सिकोले सन् १९९४ देखि २०१८ सम्म अन्तिम १६ मा स्थान बनाएको थियो । समूह सीमा खराब प्रदर्शन हुँदा उत्तर अमेरिकी टोली मेक्सिको ४४ वर्षपछि समूह चरणबाटै बाहिरिएको हो । 

आयोजक जितविहीन 
फिफा विश्वकपमा आयोजक राष्ट्र कतारले एउटा नयाँ इतिहास कोरेको छ । आयोजक राष्ट्रका रूपमा कतारले एक खेल पनि जित जित हात पार्न सकेन । सन् २०१० मा दक्षिण अफ्रिकाले इतिहासमै पहिलोपटक आयोजक राष्ट्रका रूपमा नकआउट चरणमा पुग्न नसकेको रेकर्ड बनाएको थियो । समूह ‘ए’मा रहेको कतारले घरेलु दर्शकलाई खुसी दिलाउन असफल भयो । पहिलो खेलमा इक्वेडरसँग २–०, दोस्रो खेलमा सेनेगलसँग ३–१ र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित हुँदै कतार बाहिरियो । सन् २०१८ मा आयोजक रुस क्वार्टरफाइनलमा पुगेको थियो । 

क्यानडा गोल गर्ने ७६औँ राष्ट्र
फिफा विश्वकपमा गोल गर्ने क्यानडा ७६ टोली बनेको छ । अल्फान्सो डेविसले क्यानडाका लागि क्रोएसियाविरुद्ध गोल गरेका थिए । यद्यपि, क्यानडा समूह चरणबाट माथि बढ्न सकेन । समूह ‘एफ’मा क्यानडा बेल्जियमयसँग १–०, क्रोएसियासँग ४–१ र मोरक्कोसँग २–१ ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो । 

विश्वकप खेलाउने पहिलो महिला 
फ्रान्सकी महिला रेफ्री स्टेफनी फ्रापार्ट फिफा विश्वकप खेलाउने पहिलो महिला खेलाडी बनेकी छिन् । फ्रान्सकी स्टेफानीले समूह ‘ई’ अन्तर्गत जर्मनी र कोस्टारिकोविरुद्धको खेलमा निर्णायक भूमिका निर्वाह गरेकी थिइन् । यस खेलमा ब्राजिलकी नुइजा बैक र मेक्सिकोकी केरेन डियाजले असिस्टेन्ट रेफ्रीको भूमिका निभाएका थिए । अल बायत मैदानमा भएको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले पराजित गरेको थियो । ३८ वर्षकी फ्रापार्टले सन् २०१९ को महिला विश्वकप फाइनल खेल खेलाएकी थिइन् । यसैगरी, सन् २०२० युइएफए च्याम्पियन्स लिगमा सहायक रेफ्रीको भूमिकामा थिइन् । 

सर्वाधिक पास खेल्नेमा स्पेनको कीर्तिमान 
युवा टोलीलाई अवसर दिएको सन् २०१० को विजेता स्पेनले जारी विश्वकपमा कीर्तिमान कायम गरेको छ । लुइस इन्रिकको प्रशिक्षकणमा रहेको स्पेनले सर्वाधिक पास खेल्ने टोलीको कीर्तिमान बनाएको हो । स्पेनले कोस्टारिकाविरुद्ध सर्वाधिक पास खेल्ने रेकर्ड बनाएको थियो । स्पेनले विश्वकपको पहिलो खेलमा ७–० को जित निकाल्दा एक हजार ४३ पास खेलेको थियो । यसअघि स्पेनले नै सन् २०१८ को विश्वकपमा रुसविरुद्ध सात सय ७९ पास खेलेको रेकर्ड राखेको थियो । सन् २०१० मा अर्जेन्टिनाले ग्रिसविरुद्ध सात सय तीन पास खेलेको थियो । क्लब फुटबलमा यो कीर्तिमान बायर्न म्युनिखको नाममा छ । बायर्नले सन् २०१४ मा एकै खेलमा एक हजार ३३ पास खेलेको थियो । बायर्नले बार्सिलोनाको नाममा रहेको नौ सय ८८ पास खेलेको कीर्तिमान बनाएको थियो । 

पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो
पोर्चुगलका कप्तान तथा अनुभवी स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपमा कीर्तिमान रचेका छन् । समूह ‘एच’मा घानाविरुद्ध गोल गर्दै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखेका हुन् । रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८ को विश्वकपमा गोल गरेका थिए । हालसम्म उनले विश्वकपमा आठ गोल गरेका छन् । रोनाल्डो सम्मिलित पोर्चुगलले नकआउट चरणमा स्विट्जरल्यान्डसँग खेल्नेछ । यसैगरी, अर्जेन्टिनाका कप्तान लियोनल मेसी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् ।

८४ वर्षपछि जर्मनीले लगातार दुई खेल जित्न सकेन 
सन् २०१४ को विश्व विजेता जर्मनीका लागि कतार विश्वकप सोचेजस्तो भएन । चारपटकको च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो । सन् १९३८ पछि समूह चरणको सुरुवाती दुई खेलमा जित निकाल्न असफल भयो । पहिलो खेलमा जापानसँग २–१ ले पराजित जर्मनी दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी आफूअनुकूल नतिजा निकाल्न नसक्दा लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो । सन् १९३८ को विश्वकपपछि पहिलोपटक जर्मनी समूह चरणको सुरुवाती दुई खेलमा जितविहीन रह्यो । सन् २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । 

ad
ad