१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मापसे गरी जन्तबाट फर्कने क्रममा लडेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

जुम्लामा जन्त गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ। विवाह सकेर घर फर्कने क्रममा तिला गाउँपालिका– ६ सुडी गाउँपालिकाका ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो। उनी शुक्रबार दिउँसो विवाहमा जन्ती गएर घर फर्कँदै थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार उनले अत्यधिक रूपमा मदिरा सेवन गरेका थिए। जन्ती गएका अन्य साथीहरू समयमै घर फर्किसकेकाे प्रहरीले जनाएको छ। 

तिला गाउँपालिका– १ रारालिहीबाट घर फर्कने क्रममा बिचबाटोमा पर्ने तिला– ९ लाछुङथाडीस्थित गोरु खोलामा लडेर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।