मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Wednesday, 02 September, 2026
२o७९ मङ्सिर १७ शनिबार १४:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलमा गोली प्रहारबाट बच्न सफल भए पाकिस्तानी राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १४:oo:oo

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। 

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले गोली हानेका थिए। ती सुरक्षागार्ड घाइते भएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार साेही समयमा राजदूत निजामानी दूतावासनजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए। 

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।