Skip This
विराटनगरबाट नेपथ्यको मानवताका लागि संगीत अभियान सुरु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विराटनगरबाट नेपथ्यको मानवताका लागि संगीत अभियान सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

लोकरक ब्याण्ड नेपथ्यले प्रदेश १ को राजधानी विराटनगरबाट ‘मानवताको लागि संगीत’ अभियान आरम्भ गरेको छ। विराटनगरको हाटखोला मैदानमा १६ मंसिर शुक्रबार साँझ नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको पहिलो र भव्य प्रस्तुती आयोजना गर्यो। 

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै तरिकाले प्रस्तुती दिएको नेपथ्यले  ‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ’, ‘भेडाको ऊनजस्तो’, ‘रेसम’, ‘जोमसोमे बजारमा’लगायतका चर्चित गीतहरु प्रस्तुत गरेर चिसो मौसममा दर्शकलाई खुला आकाशमुनी नचाएर तताएको थियो। 

ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई मानव सेवा आश्रममा आश्रितहरुको तस्बिरसहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो। गायक अमृत गुरुङले ‘अर्को जुनी छ कि छैन थाहा छैन ?’ ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं’ भन्दै मानव सेवा आश्रमलाई सहयोग गर्न दर्शकहरुलाई बारम्बार आग्रह गरेका थिए।

गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको खाँचो छ भन्दै अब देशलाई विकास र स्थिरता दिन नेताहरुसँग आग्रह पनि गरे। मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुईवटा बस र केहि साना सवारीमार्फत् वीरगन्जतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य १९ मंसिरमा प्रस्तुत हुँदैछ।