मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको व्यापार क्षमता विस्तारमा युरोपियन युनियनको सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार ०९:०९:००

नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी कार्यशाला आयोजना भएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको इयू नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो कार्यशाला आयोजना गरेको हो । 

कार्यशालाबाट २० जना प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय बजार विश्लेषणविज्ञ तयार भएका छन् । यस कार्यशालाले अन्तर्राष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाई प्रशिक्षक तयार गरेको जनाइएको छ । यसले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूमा सल्लाहकारका रूपमा आफ्ना विज्ञताहरू प्रयोग गरी ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ । 

सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने भएको र सन् २०१७ मा विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताबाट अधिकतम लाभ लिनका लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थालाई कार्यशालाले महत्वपूर्ण योगदान पुर्‍याउने जनाइएको छ ।

कार्यशालाले प्रमाणीकृत प्रशिक्षकको सक्रिय सञ्जाल निर्माण गरी ‘ट्रेड म्याप एन्ड मार्केट एक्सेस म्याप)सम्बन्धी ज्ञान विस्तार गर्न सहयोग पुग्ने इयूले जनाएको छ । प्रशिक्षक निर्माण गर्ने क्रममा अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विज्ञहरूले अन्तक्र्रिया र प्रयोगात्मक कार्यमा आधारित तालिम विधि प्रयोग गरी प्रशिक्षार्थीलाई प्रस्तुतिको अवसर प्रदान गरेका थिए । प्रशिक्षार्थीले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापारका विभिन्न पक्षका बारेमा जनाकारी लिने मात्र नभई आगामी दिनमा आफूले सिकेको ज्ञान शिक्षण अनुसन्धान तथा नीति–निर्माण तहमा उपयोग गर्ने योजना रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका सहप्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नवीनतम उपकरणहरूको प्रयोगबारे जानकारी पाउने ठूलो अवसर भएको बताए । आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा रहेको उनको भनाइ थियो । अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेका वेला यस्ता व्यापार उपकरणबारे प्रशिक्षक निर्माण गराउन कार्यशाला उपयोगी भएको बताइन् ।