Skip This
सरकार बनाउन वाम एकताबारे छलफल भएको छैन : महासेठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार बनाउन वाम एकताबारे छलफल भएको छैन : महासेठ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

नेकपा एमालेका सचिव रघुवीर महासेठले वाम एकताको विषयमा कुनै छलफल नभएको बताएका छन्। शुक्रबार बिहान प्रेस चौतारी धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव महासेठले संघीय सरकार गठनका लागि अहिलेसम्म वाम एकताको कुरा नभएको दाबी गरे।

पत्रकारको जिज्ञासामा उनले भने, ‘पार्टी अध्यक्ष ओलीज्यूले प्रचण्डलाई जितको बधाई दिनुभयो। प्रचण्डजीले पनि उहाँलाई बधाई दिनुभएको हो। तर, सरकार निर्माण वा वाम एकताको विषयमा त्यस्तो कुनै कुराकानी भएको छैन।’ यथास्थितिमा वाम एकता गर्न नसकिने बताउँदै महासेठले भने, ‘शेरबहादुरजीलाई नेता मान्नेहरूसँग तत्काल वाम एकता सम्भव पनि छैन।’

समानुपातिकतर्फको मतपरिणाम आइसकेको अवस्थामा मात्रै संघ र प्रदेशका सरकार गठनको विषयमा पार्टीभित्र छलफल हुने उनले प्रस्ट्याए। 

अर्को प्रसंगमा उनले विगतमा केपी ओली नेतृत्वले गरेको विकास निर्माणको काम देखेर मधेसी जनताले एमालेलाई विश्वास गरेर मत दिएको बताए। ‘पाँच वर्षअघिसम्म मधेसमा एमालेको नाम सुन्न कोही तयार थिएन,’ उनले भने, ‘तर, ओलीज्यूको नेतृत्वमा दुई हजारभन्दा बढी लोकप्रिय योजनामा काम गर्दा एमालेप्रति मधेसी जनताको विश्वास बढेको छ।’

अब बन्ने सरकारले तीन महिनाभित्र अंगीकृत नागरिकका सन्तानलाई नागरिकता नदिए एमालेले मधेस प्रदेशमा आन्दोलन गर्ने उनको चेतावनी छ।