१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १६ शुक्रबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार ११:१९:oo

प्रहरीले बुढानीलकण्ठ क्षेत्रमा  चार लाख ८८ हजार चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बुढानीकलकण्ठ नगरपालिका– १० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका– ४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।  

पक्राउ परेका तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।  

तामाङ यसअघि ०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा  २५ लाख धरौटीमा छुटेको, ०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट  १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् ।  

प्रहरीले पक्राउ परेका तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चार सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ ।

पक्राउ परेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– २० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।