मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका हेलसिन्की
२०७९ मङ्सिर १६ शुक्रबार १०:३०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फिनल्यान्डको प्राथमिकतामा भारत, टर्की, भियतनाम र ब्राजिलका श्रमिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेलसिन्की
२०७९ मङ्सिर १६ शुक्रबार १०:३०:००

 फिनल्यान्डले मुलुकको श्रमक्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता पूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासी श्रमिकलाई प्राथमिकता दिने भएको छ । देशका आर्थिक मामिला तथा श्रम मन्त्रालयले उल्लेखित मुलुकलाई श्रमिक आपूर्ति गर्ने राष्ट्रका रूपमा परिभाषित गरेको छ । 

फिनल्यनडले भारत, भियतनाम, टर्की र ब्राजिलमा प्रतिभावान् सल्लाहकार पठाएर देशका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति प्राप्तिका निम्ति साझेदारी गर्ने श्रम मन्त्रालयका आप्रवासन निर्देशक सोन्जा हमलानेनले बुधबार पत्रकार सम्मेलनमा बताइन् । 

आगामी दश वर्षमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने १० प्रतिशत श्रमशक्ति अन्तर्राष्ट्रिय आप्रवासनबाट पूर्ति गर्नुपर्ने बताउँदै यस उद्देश्यका लागि भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासी कामदारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् । फिनल्यान्डको श्रम ऐनअनुसार एकजना विदेशी कामदारले पति वा पत्नीसहित दुई नाबालिग 
ल्याउन सक्छन् ।

एजेन्सी