Skip This
लामो समयपछि ताप्लेजुङ–विराटनगर परीक्षण उडान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लामो समयपछि ताप्लेजुङ–विराटनगर परीक्षण उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

नेपाल वायुसेवा निगमले १४ वर्षपछि विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ। निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको बताए।

‘१४ वर्षअघि ताप्लेजुङ–विराटनगर उडान हुन्थ्यो। त्यसपछि आज परीक्षण उडान भरेको हो,’ इन्चार्ज लिम्बूले भने। उनका अनुसार सिनियर पाइलट पेम्बा शेर्पा र मनीष विष्टले उडान भरेका हुन्। प्रदेश राजधानीसमेत रहेको विराटनगर उडान गर्न जिल्लावासीले माग गर्दै आएका थिए। २०२८ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर–ताप्लेजुङ मात्रै उडान हुँदै आएको थियो।

काठमाडौं–ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगर उडान स्थगित गरेको थियो। बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरका लागि नियमित तालिका भने बनाएको छैन। काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित नगरेका कारण यात्रुहरूले गाडीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ।