१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:१४:oo

गाउँपालिकाका अध्यक्षले ज्येष्ठ नागरिक दिवसमा गाउँका सबै वृद्धवृद्धालाई विशेष सम्मानसाथ खिर खुवाउने निर्णय गरे । यसका लागि उनले गाउँलेको भेला आयोजना गराए । भेलामा उनले भने– ज्येष्ठ नागरिक हाम्रा आदर्श हुन् । उनीहरूको सम्मान गर्नु हामी सबैको कर्तव्य हो । त्यसैले, भोलिको ज्येष्ठ नागरिक दिवस भव्य रूपमा मनाउने हामीले निर्णय गरेका छौँ ।

त्यस क्रममा यो गाउँपालिकाभित्र ६० वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई खिर खुवाउने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा यहाँहरूले पनि आआफ्ना तर्फबाट सक्दो सहयोग पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ । 

तपाईंहरू सबैले गाउँपालिका कार्यालयबाहिर राखिएको कालो ट्यांकीमा एक–एक लिटर दूध ल्याएर खन्याइदिनुहोला । भेलामा उपस्थित सबैले करतल ध्वनिले प्रस्तावको समर्थन गरे । भोलि बिहानै एक–एक लिटर दूध ल्याइदिने वाचा गर्दै सबै घरतिर फर्किए । भोलिपल्ट बिहान अँध्यारामै सबै गाउँलेले पालैपालो एक–एक लिटर दूध ल्याएर तोकिएको ट्यांकीमा खन्याए । उज्यालो भएपछि अध्यक्षलगायत पदाधिकारी पनि आइपुगे । दूध कति भएछ, पुग्ने भयो कि भएन भनेर ट्यांकीमा हेर्दा सबै छक्क परे । किनकि, त्यहाँ दूधको साटो पानी मात्र थियो । 

वास्तवमा अरू सबैले दूध हालेको ट्यांकीमा म एउटाले पानी हाल्दैमा के फरक पर्छ र भनेर सबै गाउँलेले त्यहाँ अँध्यारैमा दूधको साटो पानी खन्याएका थिए । जसले गर्दा ट्यांकी पानीले भरिएको थियो । हामी पनि हरेक काममा म एउटाले गर्दैमा के फरक पर्छ र भन्ने सोच्छौँ । यथार्थमा सबैले यस्तै सोचे भने धेरै ठूलो फरक पर्छ । 
 

ad
ad