मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १०:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी इन्टरकन्टिनेन्टलका गाडीमा नबिल बैंकले लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १०:२५:००

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नबिल बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल र इन्टरनल कम्बसन इन्जिन सवारीसाधनका लागि वित्तीय विकल्प विस्तार गर्ने सम्झौता गरेको छ । सम्झौतामा बैंकका वरिष्ठ डिसिइओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार ग्राहकले अब नबिल बैंकमार्फत १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा आफ्नो हुन्डाई गाडी, इभी वा आइसिई फाइनान्स गर्न सक्ने जनाइएको छ । यसका लागि बैंकले सबै आवश्यक कागजात प्रमाणित गरिसकेपछि तीन कार्य दिनमा सात वर्ष अवधिका कर्जा स्वीकृत हुने बैंकले जनाएको छ । विद्युतीय सवारीका लागि व्यक्तिलाई ८० प्रतिशत र फर्महरूका लागि ७० प्रतिशत लगानी गर्ने जनाइएको छ । 

त्यस्तै, इन्टरनल कम्बसन इन्जिन सवारीसाधनका लागि व्यक्तिलाई ५० प्रतिशत र फर्महरूलाई ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएको छ । ग्राहकले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा सोरुममा गएर यो अफरको फाइदा लिन सक्ने जनाइएको छ ।