१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा जिएसएम मोबाइलको सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:०४:००

नेपालमा जिएसएम मोबाइल सेवाको सुरुवात २३ वर्षअघि भएको हो । नेपाल टेलिकम (तत्कालीन दूरसञ्चार संस्थान) ले सन् १९९९ मा जिएसएम मोबाइल सेवा सुरु गरेको हो ।

टेलिकमले सन् २००३ मा जिएसएमको प्रिपेड मोबाइल सेवा सुरु गर्‍यो । त्यसको चार वर्षपछि सन् २००७ मा टेलिकमले जिएसएम मोबाइलमा जिपिआरएस, थ्रिजी र सिआरबिटी सेवासमेत सुरु गर्‍यो । 

त्यसअघि सन् २००४ मा एनसेल (तत्कालीन मेरो मोबाइल)ले पनि जिएसएम मोबाइल सेवा सुरु गर्‍यो । जिएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) भनेको मोबाइल सेवाको प्रणाली एवं प्रविधि हो ।

नेपालमा हालसम्म जिएसएम सेवा खरिद गर्ने (सिम लिने)को संख्या चार करोड दुई लाख १० हजार पुगिसकेको छ । जसमध्ये नेपाल टेलिकमका दुई करोड सात लाख दुई हजार, एनसेलका एक करोड ७१ लाख २४ हजार र स्मार्ट टेलिकमका २३ लाख ८३ हजार पुगिसकेका छन् ।