१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी ३ : गच्छदारलाई पराजित गर्दै एमालेबाट चौधरी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन्।

मंगलबार साँझ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेसका विजयकुमार गच्छदारलाई करिब ५ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्। 

कुल ९२ हजार ४५२ मत गणना गर्दा चौधरीले ४० हजार ७८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार निकटतम प्रतिद्वन्द्वी गच्छदारले ३५ हजार ४५२ मत प्राप्त गरे। 

सो क्षेत्रमा सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले भने ६ हजार ४५३ मत प्राप्त गरेका छन्।

वि.सं.२०५१ सालमा फरवार्ड नामक सामाजिक संस्था र त्यसपछि सोही संस्थालाई लघुबित्तको रूपमा सञ्चालन गर्दै राजनीतिमा आएकी चौधरी यसअघिका २ निर्वाचनमा गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। २०४८ सालदेखि निरन्तर निर्वाचित भइरहेका गच्छदारको संसदीय यात्रामा यसपटक ब्रेक लागेको छ। उनी अहिलेसम्म १२ पटक मन्त्रीसमेत भइसकेका छन्।

प्रदेश सभा सदस्यमा पनि एमालेकै वर्चस्व

क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा सदस्यका लागि दुवै क्षेत्रबाट नेकपा एमालेकै उम्मेदवार निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३(१) बाट नेकपा एमालेका रोहितबहादुर कार्की निकटतम प्रतिद्वन्द्वी सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रकी सरस्वती पोखरेललाई ९ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।

कार्कीले १८ हजार ६४१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले ९ हजार ४९८ मत प्राप्त गरिन्। त्यसैगरी, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका रामदेव यादव निर्वाचित भएका छन्।

उनले १९ हजार ४७९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिन्देश्वर यादवले १८ हजार ८९१ मत प्राप्त गरे।