मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
२०७९ मङ्सिर १२ सोमबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर १ : स्थगित मतगणना सुचारु गर्न निर्देशन 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १७:३१:००

निर्वाचन आयोगले उदयपुर– १ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ। 

मतगणनापूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो। 

यस्तै, आयोगले दोलखाका १० विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगले गठन गरेको अध्ययन टोलीले प्रतिवेदन बुझाएपछि दोलखामा पुन: मतदान गर्ने निर्णय गरेको हो। विवाद रहेका अन्य जिल्ला बाजुरा र स्याङ्जाबारे निर्णय हुन बाँकी छ।