१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– १ नरगी गाउँका ३२ वर्षीय युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार तीन दिनअघि हत्या गरेर फालिएको अवस्थामा भेटिएका स्थानीय रामशंकर यादवको हत्यामा संलग्न रहेको किटानी जाहेरीको आधारमा मृतकका दुईजना साथीलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बरियारपट्टी– १ बडहरीका ४८ वर्षीय दिपु भनिने दीपेन्द्रकुमार यादव र ४२ वर्षीय अजयकुमार साह रहेका प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा जाहेरीसमेत परेकाले थप अनुसन्धान थालिएको छ।

चुनावी रिसइबीले हत्या गरेको आशंका
९ मंसिरको राति करिब ११ बजेतिर हत्यापछि गाउँदेखि दक्षिण नरगी कुर्सन्डी सडक किनारमा रामशंकरको शव फेला परेको थियो। त्यही राति उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै पक्राउ परेका दीपेन्द्रले प्रहरीलाई फोन गरेको आधारमा गाउँलेहरूले हत्या भएको आशंका गरेका थिए। हत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुईजनालाई पक्राउ गरेको हो।

स्थानीयहरूका अनुसार निर्वाचनमा अपेक्षाअनुसार मत नआएको आक्रोशमा कांग्रेसका स्थानीय अगुवा रामशंकरलाई पक्राउ परेकाहरूसहितले गाउँको होटेलमा बोलाएर नरगी कुर्सन्डी सडकतिर लगेका थिए। त्यतै हत्या गरेर दीपेन्द्रको निर्माणाधीन घरमा ल्याई पुनः सडक किनारमा फालेर दुर्घटनाको रूप दिन खोजिएको गाउँलेहरूको भनाइ छ।