१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १२:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार १२:०५:००

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । उक्त बैंकका सबै प्रकारका कार्डवाहक, खातावाला, बैंक कर्मचारीलगायत बैंकका सम्पूर्ण सेयरधनीलाई समेत सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा–सुविधामा विशेष छुट दिने सम्झौता भएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका अध्यक्ष डा. अमर श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।  छुट प्राप्त गर्न योग्य बैंकसँग सरोकार भएका व्यक्तिले अस्पतालमा रेगुलर प्याथोलोजी, आइसियू बोर्ड चार्ज, नर्मल बेड चार्ज र माइनर एन्ड मेजर अप्रेसनमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सम्झौताबाट बैंक तथा अस्पताल दुवै पक्षको व्यावसायिक विकास एवं विस्तारमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।