१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १० शनिबार १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिकमा माओवादी तेस्राे, पहिलो बन्न एमालेलाई पछ्याउँदै कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १५:१८:oo

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले उछिनेको छ। यसअघि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा झर्दा माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ।

हालसम्म सार्वजनिक मतगणना अनुसार माओवादी केन्द्रले ८ लाख ६० हजार र रास्वपाले ८ लाख २० हजार मत ल्याएका छन्।

शुक्रबारसम्म रास्वपा तेस्रो र माओवादी चौथो स्थानमा थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ३४ हजार मतसहित पाँचौ र जनता समाजवादी पार्टी २ लाख ३८ हजार मतसहित छटौं स्थानमा छन्।

नेकपा एकीकृत समाजवादीले १ लाख ८४ हजार मत पुर्‍याएको छ, नागरिक उन्मुक्ति पार्टीले पनि १ लाख ६९ हजार मत पुर्‍याएको छ। 
 
प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड छ, निर्वाचनमा सहभागी कुनै दलले समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत नपु¥याए राष्ट्रिय दल हुँदैन । र, समानुपातिकतर्फ उसले सिट पनि पाउँदैन।

एमाले अघिअघि कांग्रेस पछिपछि 

प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बने पनि समानुपातिकमा भने एमाले अगाडि छ। मतगणना जारी रहँदा एमालेलाई कांग्रेस पछ्याइरहेको छ । एमालेले १९ लाख ९३ हजार मत ल्याउँदा कांग्रेसले १९ लाख २८ हजार पुर्‍याएको छ।

प्रत्यक्षतर्फ भने कांग्रेसले ५१ सिटमा जित्दा ६ वटामा अग्रता कायम गरेको छ भने एमालेले ३८ सिट जितेको छ । एमालेले तीन क्षेत्रमा अग्रता कायम गरेको छ।