१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर ९ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ६ (ख) : कांग्रेसका कार्की विजयी, मतगणना नसकिँदै प्रतिस्पर्धीकाे बधाई

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १३:२५:oo

मोरङ प्रतिनिधिसभा ६ अन्तर्गत प्रदेश सभा (ख)मा कांग्रेसका केदार कार्की निर्वाचित भएका छन्। एमालेका कृष्ण बस्नेत (पर्शुराम)लाई एक हजार १८० मतान्तरले पराजित गर्दै कार्की प्रदेश १ सभा सदस्य निर्वाचित भएका हुन्।

निर्वाचित कार्र्कीले १० हजार ४४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका बस्नेतले ९ हजार २६८ मत पाएका छन्। बस्नेत गत गणना नसकिँदै प्रतिस्पर्धी उम्मेदवार कार्कीलाई बधाई दिएर मतगणना स्थलबाट बाहिरिएका थिए।