१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर ९ शुक्रबार oo:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङ ३ बाट दीपक गिरी विजयी, कोमल वली निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार oo:१९:oo

प्रतिनिधिसभा सदस्यका लागि दाङ ३ बाट सत्तागठबनधनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वलीलाई सात हजार आठ सय १० मतले हराउँदै विजयी भएका हुन् । 

उनले ३६ हजार आठ सय ४२ मत ल्याए भने वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए । 

उनी पूर्वसिंचाइमन्त्रीसमेत हुन् । सिंचाइमन्त्री हुँदा उनले दाङमा बृहत् दाङ उपत्यका सिंचाइ आयोजनाको कार्यालय खोलेर चर्चा कमाएका थिए । उनीसँगै दाङ ३ अन्तर्गतका दुईवटै प्रदेशसभामा गठबन्धनले विजयी हासिल गरेको छ । ३ (१) बाट काँग्रस डिल्लीबहादुर चौधरी तथा ३(२) बाट माओवादीका धनबहादुर मास्की विजयी भएका छन् ।