मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ मङ्सिर ८ बिहीबार २१:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी १ मा भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार २१:१६:००

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई नेता डा. चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका डा. भण्डारीले ताजा अवस्थामा २० हजार ८९७ मत प्राप्त गरेका छन् । 

यस्तै एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० हजार ६ सय ७ मत प्राप्त गरेका छन् । 

यी दुई उम्मेदवारबीच दुई सय ९० मतको फरक छ । मतगणना जारी छ । कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने र कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ ।