१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके १ : खेलकुदमन्त्रीलाई पराजित गर्दै एमालेका ढकाल विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२८:oo

प्रतिनिधिसभा बाँके १ मा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल पाँच हजार ३९४ मत अन्तरले विजयी भएका छन्। उनले युवा तथा खेलकुदमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन्। 

ढकालले २५ हजार २६ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी गहतराजले १९ हजार ६३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएका छन्।