१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इन्द्र बानियाँ दोस्रोपटक प्रदेश सदस्यमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५९:oo

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभामा दोस्रोपटक निर्वाचित भएका छन्। उनी मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन्। 

बानियाँले १८ हजार ७१७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लालबहदुर थापाले १६ हजार ९३५ मत पाएका छन्। यहाँ ४६ हजार ५२४ मत खसेको थियो। 

बानियाँ यसअघि पनि ०७४ मा यही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रहेका बानियाँ आगामी मुख्यमन्त्रीका दाबेदारसमेत हुन्। 

ad
ad