१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा १ : कांग्रेस महामन्त्री शर्मा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन्। शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई पराजित गरे। शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए।

वामपन्थिको किल्ला मानिएको झापा १ मा शर्माले तेस्रो प्रयासमा मात्र जित निकाल्न सके। पार्टी राजनीतिमा सफलताको शिखरमा पुगेका शर्माको संसदीय यात्रा भने पहिलो हो। उनी ०७० र ०७४ को निर्वाचनमा पराजित भएका थिए।

शर्मा २०७० मा एमालेका रविन कोइरालासँग पराजित भए भने ०७४ मा तत्कालीन वाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीसँग पराजित भएका थिए। संसदीय राजनीतिमा पहिलो पाइला राखेका शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने उद्घोष गरिसकेका छन्।