१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख ३० आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाजुरामा मत गणना सुरु हुन सकेन

आफ्ना कार्यकर्ताको हत्यामा संलनलाई कारबाही गर्न एमालेको माग

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:३२:oo

नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढाउन नदिने अडान लिएको छ।

बुुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः मतदान गर्नुपर्ने एमालेको माग छ। एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो।

बाजुराको त्रिवेणी नगपालिका– ७ मा आइतबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष चेतन अयडीको हत्या सत्तागठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले पत्रकार सम्मेलनमार्फत बताएको छ।

‘धाँधली र बुुथ कब्जा भइरहेका मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित गर्न हामीले दिउँसै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिसकेका थियौं, तर वास्ता गरिएन,’ मंगलबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा एमालेबाट उम्मेदवारसमेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘मतदान स्थगित भएको भए त्रिवेणीका दुुई युवाको ज्यान जाने थिएन।’
 

ad
ad