१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ६ मंगलबार २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार २o:१९:oo

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६/७ हजारको हाराहारीमा मत गन्न बाँकी छ।

यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम गरेका छन्। उनले आठ हजार २९० मत प्राप्त गरेका छन्। त्यस्तै, चुनाव चिह्न लौरो भएका हाम्रो नेपाली पार्टीका सुमन सायमीले पाँच हजार ५७९ मत ल्याएका छन्।

सुरुमा केही समय सायमीले अग्रता लिए पनि पछिल्लो चरणमा श्रेष्ठको अग्रता बढिरहेको छ। सामान्य अग्रता कायम रहँदा पनि श्रेष्ठ जितको सम्भावनाबाट नजिक छन्। त्यस्तै, एकीकृत समाजवादीको तीन हजार ८४०, एमालेको तीन हजार नौ र राप्रपाको दुई हजार १५० मत छ।