१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोरखाका दुवै क्षेत्रमा गठबन्धनलाई अग्रता, प्रचण्ड तेब्बर मतले अघि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:४६:oo

प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा सत्तागठबन्धनका उम्मेदवारहरूले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्। गोरखा १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका राजेन्द्र बजगाईंले ५,३७६ मत ल्याई सुरुदेखि अग्रता लिइरहेका हुन्।

उनलाई नेकपा एमालेका रामशहरण बस्नेतले १८ सय ५४ मत ल्याएर पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ३६६ मत ल्याएका छन्।

त्यस्तै, गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डले मतान्तर धेरै फराकिलो बनाएका छन्। साँझ साँढे ६ बजेसम्मको मतगणनाअनुसार प्रचण्डले ९ हजार ५ सय २६ मत ल्याएका छन्। 

उनको मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ३,०३८ र नेकपा एमालेका अब्दुस सलाम मियाँले २,०९८ मत ल्याएका छन्। मतगणना जारी छ।

ad
ad