१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बर्दियामा नागरीक उन्मुक्ती पार्टीले फड्को मार्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:१६:oo

बर्दियामा नागरीक उन्मुक्ती पार्टीले अग्रता कायम गरेको छ । बर्दिया क्षेत्र नं १ मा नागरीक उन्मुक्ती पार्टीका ठाकुर सिंह थारु र बर्दिया क्षेत्र नं २ मा नागरीक उन्मुक्ती पार्टीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालविर चौधरीले अग्रतामा रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बर्दिया क्षेत्र नं १ मा नागरीक उन्मुक्ती पार्टीका उम्मेदवार ठाकुर सिंह थारुले पाँच हजार चार सय २९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार संजय गौतमले चार हजार आठ सय १९ मत ल्याएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञावलीले  तीन हजार पाँच सय १८ मत ल्याएका छन् ।

हाल बारबर्दिया नगरपालिकाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यता बर्दिया क्षेत्र नं २ मा पनि नागरीक उन्मुक्ती पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रपंक्तिमा देखिएका छन् । उनले १२ हजार आठ सय ८७ मत ल्याएका छन भने उनलाई गठबन्धनका उम्मेदवार नेकपा माओवादीका उम्मेदवार सुरेश पन्थले आठ हजार दुई सय दुई मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार पंकज सिंह राठौरले चार हजार छ सय ७८  मत ल्याएका छन् । 

नागरीक उन्मुक्ती पार्टीले टिकापुर घटनामा कैद भुक्तान गरीरहेका रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रेशम चौधरीको बुवा लालविर चौधरीलाई समर्थन गरेर चुनावी अभियान संचालन गरेको थियो । पार्टीको आधिकारीक उम्मेदवार भन्दै चुनावी अभियान सञ्चालन गरेपनि लालविरले चुनाव चिन्ह हेण्डपम्प (चापाकल) पाएका थिए । 
 

ad
ad