१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रारम्भिक परिणाममा ओलीलाई दोब्बरको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:५९:oo

प्रारम्भिक मत परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दोब्बरको अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनाअनुसार पहिलोपटक नै ६ हजार दुई सय सात मत गनेपछि प्रारम्भिक मत परिणामा सार्वजनिक गरिएको थियो ।

उक्त मत गणना हुँदा ओलीले तीन हजार दुई सय १२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डा खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत पाए । 

ओली र अधिकारी ०७४ मा पनि प्रतिस्पर्धा गरेका थिए । योपटक झापा–५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय झापा–५ ले करिब ७ घण्टामा मात्र पहिलो मत परिणामबारेको जानकारी सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले प्रत्येक घण्टामा मत परिणामबारे जानकारी दिने निर्णय गरेको छ । यद्यपि उक्त निर्णयको विपरीत निर्वाचन कार्यालय झापा५ ले ७ घण्टापछि मात्र प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको हो । यो क्षेत्र एमाले अध्यक्ष ओली प्रतिस्पर्धा गरेका कारण चर्चामा छ । तर, निर्वाचन कार्यालयले यसलाई गम्भीर रूपमा लिएको पाइएन ।

ad
ad