१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
दीपक बोहरा तुलसीपुर
Invalid date format १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरको पातुवन गाउँ  ‘ग’ केन्द्रमा ७ बजेसम्म मतदान गर्न पाइने

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

तुलसीपुर उपमहानगरपालिका– १० स्थित पातुवन गाउँ मावि ‘ग’ मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान गर्न पाइने भएको छ। मतदाताले प्रतिनिधिसभाको सट्टा प्रदेश सभाको मात्रै मतपत्र पाएपछि विवाद हुँदा मतदान कार्य रोकिएको थियो।

दाङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी पुनः मतदान कार्य सुचारु गरिएकाले ७ बजेसम्म मतदान गर्न पाइने व्यवस्था मिलाइएको हो। उनका अनुसार दोस्रोपटक पुनः ४२ जनाले मत खसालिसकेपछि मात्रै घटनाबारे थाहा भएपछि अहिले मतदान कार्य रोकिएको थियो।

कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको बताइएको छ। उक्त मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन्। पहिले खसेका मत बदर गर्ने सहमतिपछि दिउँसो पौने १ बजेतिर पुनः मतदान सुरु भएको हो।