Skip This
दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : युनिसेफ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Tuesday, 13 May, 2025
रासस प्रिटोरिया
२o७९ मङ्सिर ३ शनिबार १५:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : युनिसेफ

Read Time : < 1 मिनेट
रासस, प्रिटोरिया
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १५:४३:oo

दक्षिण अफ्रिकाका करिब ६८ प्रतिशत युवाहरूले विद्यालय र काम गर्ने स्थानदेखि सामुदायिक स्थलहरूमा  समेत आफूहरूविरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्साजस्तै भएको गुनासो गरेका छन्।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो। उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको  केही अगाडि मात्र जारी गरिएको हो।

प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन्। बालबालिकाविरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएकी छन्।

‘बालबालिकाविरुद्ध हुने भेदभावविरुद्ध हामी सबैले लड्नुपर्छ,’ उनले भनिन्, ‘विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो।’