१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिएभी कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५८:oo

 डिएभी कलेज अफ म्यानेजमेन्ट, भनिमण्डल ललितपुरले बिबिए विद्यार्थीलक्षित अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कलेजका अनुसार उक्त कार्यक्रममार्फत विद्यार्थीलाई बिबिए अध्ययनसँग सम्बन्धित आधारभूत ज्ञान प्रदान गर्नुका साथै उक्त विषयको क्षेत्र, भविष्य र अध्ययनका पूर्वसर्तहरूलगायत पठनपाठनका तौरतरिका बताइएको थियो । 

दुई दिवसीय उक्त कार्यक्रमका मुख्य प्रस्तोता टियू व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा, डिएभी कलेजका अध्यक्ष अनिल केडिया र व्यावसायिक तालिमकर्ता मनोहरमान श्रेष्ठ रहेका थिए । प्राध्यापक डिल्लीराज शर्माले विद्यार्थीलाई उच्च सफलताको सन्देश दिँदै दृढ इच्छाशक्तिका साथ अध्ययनमा क्रियाशील रहन प्रेरित गरे ।

सोही अवसरमा उनले डिएभी कलेज अफ म्यानेजमेन्ट एक उत्कृष्ट व्यवस्थापन कलेजका रूपमा स्थापित गर्न सफल रहेको अध्यक्ष अनिल केडिया, एकेडेमिक एडभाइजर एवं एसोसिएट प्रोफेसर डा. मनोजकुमार चौधरीलगायत सम्पूर्ण टिमको प्रशंसासमेत गरेका थिए । 

ad
ad