१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचनको दिन मौसम सफा रहने    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२३:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि यही मंसिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले भने, ‘मौसम बदली आज मात्रै हो, निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।’

महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मंसिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

मंसिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

त्यसैगरी मंसिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले जनाएको छ । 

हल्का वर्षा र हिमपातको सम्भावना  

पश्चिमी वायुको सामान्य प्रभावले आज बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौंको आज बिहान सामान्य बदली रहे पनि केहीबेर अघि खुलेर पारिलो घाम लागेको छ ।  

मौसमविद् भट्टराईका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आज दिनभर बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । 

ad
ad