१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ५ शनिबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजतन्त्र ब्युँताउन चाहनेहरूको अभीष्ट पूरा हुँदैन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १९:४७:oo

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेहरूबीचको जनमतसंग्रह भएको बताए। वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्नेहरू एकातिर तथा संविधान च्यात्ने, उल्ट्याउने र राजतन्त्र ब्युँताउन चाहनेहरूको अर्कोतर्फ रहेको जानकारी दिए।

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनमा देशभर सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेहरूको अभीष्ट पूरा नहुने दाबी गरे। 

‘देशभर भएका कार्यक्रमहरूमा जनताको अपार उपस्थितिले सत्तागठबन्धनका उम्मेदवारहरूको विजयलाई सुनिश्चित गरिसकेको छ,’ उनले भने, ‘खोटाङ जिल्लाको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टीको तर्फबाट, गठबन्धनको तर्फबाट र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकोप्टरबाट खोटाङ आउनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेकोसमेत बताए। 

ad
ad