मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ३० बुधबार १६:१४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकको बढ्यो नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १६:१४:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अंक बढेर एक हजार नौ सय ११ दशमलव २६ बिन्दुमा पुगेको छ। 

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अंक बढेर तीन सय ७६ दशमलव ५७ बिन्दुमा पुगेको छ। 

कुल दुई सय ३२ कम्पनीको २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर रु. ८५ करोड ९४ लाख ६ सय १२ मूल्यमा कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण रु. २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ। 

नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ। कम्पनीको रु. ६ करोड तीन लाख ३८ हजार ६ सय ३० बराबरको कारोबार भयो। 

हिमालयन डिस्टिलरी रु. चार करोड एक लाख ९० हजार सात सय १६, नेपाल लाइफ इन्स्योरेन्स रु. तीन करोड ८१ लाख २६ हजार तीन सय ३०, शिवम् सिमेन्ट रु. तीन करोड ७८ लाख ५८ हजार पाँच सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु. दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। 

आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत सेयर मूल्य बढेको छ। 

त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले दुई दशमलव ६४ प्रतिशतले गुमाएका छन्।