Skip This
सुर्खेत विमानस्थलमा ७२ सिटे जहाजको परीक्षण उडान सफल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेत विमानस्थलमा ७२ सिटे जहाजको परीक्षण उडान सफल

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल भएको छ। बुधबार बुद्ध एयरको एटिआर ७२ विमान सुर्खेत विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल भएको छ। 

बुद्ध एयरले एटिआर ७२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आइरहेको थियो। परीक्षण उडान अनुकूल रहेको अवस्थामा २०२३ जनवरीदेखि सुर्खेत–काठमाडौं दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

बुद्ध एयरका अनुसार उक्त एटिआर ७२ विमानमार्फत उडान सञ्चालन गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने महसुस गरी न्यूनतम भाडा दर सात हजार पाँच सय हुने र बुद्ध एयरले डिसेम्बर २०२२ भित्र थप दुईवटा एटिआर ७२ जहाज ल्याउन लागेको विज्ञप्ति जनाएको छ। 

लामो समयदेखिको सपना पूरा भएको र आफूहरूले सस्तो भाडादरमा सुर्खेतबाटै नागरिकहरूले उड्न पाउनुपर्ने विषयमा वकालत गर्दै आएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले बताए। यसअघि श्री एयरले एटिआर ७२ विमानको परीक्षण उडान गरे पनि नियमित उडान गरेको छैन।