१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड आज खोटाङ आउँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:१८:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) खोटाङ आउने भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले दिक्तेलबजारमा आज दिउँसो आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरू हेलिकोप्टरबाट खोटाङ आउने भएका हुन् । 

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र एकीकृत समाजवाद पार्टीका उपमहासचिव गंगालाल तुलाधर सोही हेलिकोप्टरमा खोटाङ आउने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टंकबहादुर थापाले जानकारी दिए । हेलिकोप्टरबाट दिउँसो करिब तीन बजे खोटाङ आउने तीनैजना नेताले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिने वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

पूर्वप्रधानमन्त्री प्रचण्डसहित तीनजना केन्द्रीय नेताहरू खोटाङ आउने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड खोटाङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए । 

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं १ नम्बर प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेश सभा (क)मा एकीकृत समाजवादीका १ नम्बर प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेश सभा (ख)मा कांग्रेसका १ नम्बर प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  

ad
ad