मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २९ मंगलबार १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदान कक्षमा क्यामेरा वा मोबाइल भेटिए जफत गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १८:१७:oo

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रभित्र क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्वाचन आयोगले चारबुँदे निर्देशन जारी गरेको छ। आयोगले मंगलबार एक नोट जारी गर्दै उक्त निर्देशन दिने निर्णय गरेको जनाएको हो। 

आयोगले गरेको निर्देशनमा भनिएको छ- 'कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामेरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचित गर्ने।'

यस्तो छ आयोगको निर्देशन :

(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने।

(ख) मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्रबाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने।

(ग) कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामेरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचित गर्ने।

(घ) प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।