१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कतारले भन्यो– विश्वकपमा कोभिड भ्याक्सिन अनिवार्य छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५३:oo

फिफा विश्वकप फुटबल–२०२२ प्रतियोगिताको आयोजक राष्ट्र कतारले सहभागी खेलाडीदेखि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नभएको जनाएको छ । तर, ४८ घन्टाअगाडिको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य भएको कतारले जनाएको छ ।  ४ मंसिरदेखि कतारको दोहामा विश्वकप प्रतियोगिता आयोजना हुँदै छ । पछिल्लो तीन वर्षमा आयोजना भएका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजकले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएका थिए । ती प्रतियोगितामा सहभागी हुन वा दर्शकका रूपमा प्रवेश पाउन ठूलै समस्या आएको थियो । गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र खेलाडी र अफिसियलले भिसा पाएका थिए । 

कतार विश्वकपमा पनि यस्तै समस्या भोग्नुपर्ने होइन ? यस्तै प्रश्न उठेको छ । तर, कतारले सबैलाई सहज बनाउन भ्याक्सिन आवश्यक नभएको स्पष्ट पारेको छ । आयोजक कतारले नियमित कोभिड–१९ को परीक्षण गर्नुपर्ने जनाएको छ । यति मात्र नभएर खेलाडीसँगै आउने परिवारले पनि कोभिड–१९ विरुद्धको भ्याक्सिन आवश्यक नभएको कतार स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विशेष किसिमको गाइडलाइन
कतार स्वास्थ्य मन्त्रालयले विश्वकपका निमित्त विशेष गाइडलाइन बनाएको छ । सो गाइडलाइन पूरा गरेका जो–कोहीले पनि सहजै कतारभित्र प्रवेश गर्न सक्छन् । ‘हामीले विश्वकप सफल बनाउन कडा नियम बनाएका छैनौँ, धेरैजसोले कोभिड–१९ को भ्याक्सिनको कुरा उठाएका छन्, हामीले भ्याक्सिन अनिवार्य बनाएका छैनौँ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाइडलाइनअनुसार नियम पालना गर्नेले सहजै कतारमा प्रवेश पाउनेछन् ।’ 

यद्यपि, बृहत् संख्यामा मानिसको हुल हुँदा कोरोना संक्रमित हुन सक्ने डर स्वास्थ्य मन्त्रालयलाई छ । संक्रमितबाट बच्न खेलाडी, अफिसियल तथा समर्थकले मास्क लगाउनुपर्ने मन्त्रालयको गाइडलाइनमा उल्लेख छ । ‘धेरै दर्शक हुने स्थानमा मास्क अनिवार्य गर्छौं, प्रतिस्पर्धाको दिनमा खेलाडी र अफिसियलहरूको विशेष जाँच हुनेछ,’ स्वास्थ्य मन्त्रालयले भन्यो । आयोजक कतारले खेलाडी, प्रशिक्षक, समर्थक, रेफ्री, फिफा अफिसियल, मिडिया तथा अन्य व्यक्तिको लिस्ट नै बनाएको छ । यसमा पनि खेलाडी तथा अफिसियललाई पहिलो प्राथमिकतामा राखेको छ । 

प्रत्येक दिन परीक्षण
कतारको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन अनिवार्य नगरे पनि प्रत्येक दिन स्वास्थ्य परीक्षण हुनेछ । विश्वकपका लागि आउने सबैको स्वास्थ्य परीक्षण हुने मन्त्रालयले जनाएको छ । ‘कोरोनाविरुद्ध सचेत हुनुपर्छ, हामीले प्रत्येक दिन सहभागीहरूको स्वास्थ्य परीक्षण गर्छौं, रिपोर्टअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी बसेको होटेलमा एक विशेष टोली नै जानेछ, यसैगरी समर्थक बसेको होटेलमा पनि यस्तै प्रबन्ध गर्छौं ।’ परीक्षणका क्रममा कोभिड–१९ संक्रमण देखिए पाँच दिनको आइसोलेसनको व्यवस्था हुनेछ ।

पिसिआर रिपोर्ट अनिवार्य
विश्वकप खेल्न आएको टोली वा फुटबल हेर्न आएका समर्थकले ४८ घन्टाको पिसिआर टेस्ट साथमा ल्याउनुपर्छ । जसमा नेगेटिभ हुनुपर्छ । नियमित परीक्षणका क्रममा नेगेटिभ भेटिँदा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाइने कतारले जनाएको छ । ‘यदि प्रतियोगिता दौरान कोभिड–१९ केस देखिए तत्कालै कन्ट्याक्ट टे«सिङ गरिनेछ,’ आयोजकले भनेको छ, ‘हामीले समूह चरणदेखि फाइनल खेल नसकिँदासम्म यो क्रम जारी नै राख्छौँ ।’ संक्रमित व्यक्तिलाई पाँचदेखि सात दिन आइसोलेसनमा राखिनेछ । त्यसपछिको रिपोर्ट नेगेटिभ नआए विशेष उपचार हुने आयोजकले जनाएको छ । 

ad
ad