• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ १ शनिबार १९:५९:००
सप्तरंग

साहित्यकार मानबहादुर खड्का सम्मानित 

२०७८ माघ १ शनिबार १९:५९:००

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखाका सक्रिय कवि एवं साहित्यकार मानबहादुर खड्का (एमबी) लाई सम्मानित गरेको छ। शनिबार चरिकोटस्थित शुभेक्षा होटेलमा आयोजित साहित्यिक पत्रिका प्रदेयको सार्वजनिक एवं पुरस्कार वितरण समारोहमा खड्कालाई सम्मान गरिएको हो।

 पत्रकार एवं साहित्यकार चिरञ्जीवी मास्केले आफ्नो जन्मदिने आमा र कर्म दिने आमाको नाममा स्थापना गरेको विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७८ बाट कवि खड्कालाई सम्मान गरिएको पुरस्कार समितिका संरक्षक मास्केले जानकारी दिए। 

भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले कवि खड्कालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेका थिए।