Skip This
पूर्वप्रधानन्यायाधीश ‘पक्राउ’ प्रकरणमा सर्वाेच्चले भन्यो– त्यस्तो कामकारबाही लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वप्रधानन्यायाधीश ‘पक्राउ’ प्रकरणमा सर्वाेच्चले भन्यो– त्यस्तो कामकारबाही लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २o:४३:oo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘पक्राउ’ प्रकरणमा सर्वाेच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ। सर्वाेच्चको सोमबार बसेको पूर्ण बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने सर्वाेच्चको प्रतिक्रिया छ। साथै, कानुनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटनालाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न  नसक्ने टिप्पणीसमेत सर्वाेच्चको छ। ‘प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ,’ सर्वाेच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्तो कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने हाम्रो दृढ प्रतिबद्धता छ।’ 

गत शनिबार राति प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगेको थियो। करिब ११ घन्टा राखेपछि उनलाई रिहा गरियो। पछि प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भए पनि ल्याइएको दाबी गरेको थियो। 

 


 

↑