मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
गणेश लम्साल विराटनगर
२o८३ भदौ १७ बुधबार १८:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

भोटेकोशी बाढी : कोशी प्रदेश सभाबाट शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १८:o९:oo

कोशी प्रदेश सभाले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको बैठकमा उपसभामुख सिर्जना दनुवारले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो।

प्रदेश सभाले बाढीमा प्रभावित नागरिकहरूको शीध्र खोज उद्धार गर्न तथा राहत वितरण प्रभावकारी ढंगले गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आग्रह गरेको छ। साथै, बाढी प्रकोपले क्षतिग्रस्त भौतिक पूर्वाधार र प्रभावित नागरिकहरूको पुनर्स्थापना चाँडो गराउन पनि सभाले अनुरोध गरेको छ।

यसैगरी, कोशी प्रदेश सभामा संसदीय दलहरू एमाले, कांग्रेस, नेकपा, जसपालगायतले पनि बाढीमा ज्यान गुमाउनेहरूप्रति श्राद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनीहरूले कोशी प्रदेशसहित सबै बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन र प्रभावित परिवारलाई सहयोग गर्न पनि संघ र प्रदेश सरकारसँग माग गरेका छन्।