बैंकको केवाइसी अपडेट गर्ने भन्दै सर्वसाधारणलाई झुक्याएर मोबाइल बैंकिङ ह्याक गरेर ठगी गर्ने समूहले प्रयोग गर्ने मोबाइल नम्बरहरू प्रहरीले सार्वजनिक गरेको छ । साइबर ब्युरोले २८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै बैंकबाट भन्दै ती नम्बरबाट फोन आएको भए उजुरी गर्न भनेको छ।
केवाइसी अपडेटका नाममा ठगी गर्ने अभय तिवारी, विद्यासागर केवट र कुवेर तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा उनीहरूसँग २८ वटा सिमकार्ड भेटिएको र तिनै नम्बरबाट उनीहरूले आफू बैंकको कर्मचारी भएको भन्दै भ्रममा पारी केवाइसी अपडेट, पासपोर्ट परिवर्तन तथा स्क्रिन सेयरका लागि अनुरोध गरी मोबाइल तथा इन्टरनेट बैंकिङ ह्याक गरी खाताबाट पैसा चोरी गर्दथे।
