मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८३ भदौ १२ शुक्रबार o७:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोलार्ड टी–२० फर्म्याटका धेरै रन बनाउने क्रिकेटर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o७:१३:oo
  • इंग्ल्यान्डका जोस बटलरको रेकर्ड तोड्दै वेस्ट इन्डिजका किरन पोलार्डले बटुले १४ हजार ९२१ रन

वेस्ट इन्डिजका ब्याट्सम्यान किरन पोलार्ड टी–२० फर्म्याटमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटर बनेका छन् । पोलार्डले क्यारिबियन प्रिमियर लिगमा बिहीबार ६५ रन बनाउँदै १४ हजार ९२१ रन पूरा गरेका हुन् । उनले इंग्ल्यान्डका जोस बटलरको नाममा रहेको रेकर्ड तोडेका हुन् । बटलरले १४ हजार ८९० रन बनाएका छन् । पोलार्डले आफ्नै नाममा रहेको रेकर्ड पुनः स्थापित गरेका हुन् । बटलरले गत अगस्टमा टी–२० फर्म्याटमा पोलार्डको नाममा रहेको सर्वाधिक रनको रेकर्ड तोडेका थिए ।

रेकर्ड आफ्नो नाममा राख्ने क्रममा क्रिन्बागो नाइट राइडर्सका पोलार्डले २६ बलमा ६५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । तारौबाको ब्रायन लारा रंगशालामा उनालाई कीर्तिमान बनाउन ३५ रन काफी थियो । पोलार्डले सेन्ट लुसिया किंग्सविरुद्ध २५० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनले चार चौका र पाँच छक्का प्रहार गरे । यससँगै उनले करिअरमा एक हजार १० छक्का पनि पूरा गरेका छन् । अब उनी क्रिस गेलले बनाएको सर्वाधिक छक्काको पछि लागेका छन् । वेस्ट इन्डिजका एन्ड्यु रसेल ८०८ छक्काका तेस्रो स्थानमा छन् । पोलार्डको टोली नाइट राइडर्स लिगमा २ अंकका साथ छैटौँ स्थानमा छ । आगामी खेलमा ९ रन मात्र जोड्न सके उनी टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो क्रिकेटर बन्नेछन् । उनले अहिलेसम्म ७४९ टी–२० खेल खेलेका छन् । 

७४९ टी–२० खेल
टी–२० फर्म्याटमा सबैभन्दा धेरै रन बनाएका पोलार्डले सन् २००६ मा ट्रिनाडविरुद्ध डेब्यु गरेका थिए । यस फर्म्याटमा निरन्तर खेलिरहेका उनले अहिलेसम्म ७४९ खेल खेलेका छन् । यसमध्ये उनले ६६६ इनिङ्समा ब्याटिङ गरेका छन् । करिअरमा उनले नौ हजार ८६६ बल सामना गरेका पोलार्डले दुई शतक तथा ७१ अर्धशतक लगाएका छन् । उनले अहिलेसम्म टी–२० फर्म्याटमा एक हजार १० छक्का र ९३२ चौका प्रहार गरेका छन् । टी–२० मा उनले ३३९ विकेट हात पारेका छन् । यसक्रममा उनले आठपटक चार विकेट लिए ।

विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सबाट मात्र प्रतिस्पर्धा गरेका पोलार्डसँग अन्य चर्चित फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले मुम्बईबाट १८९ खेलमा १७१ इनिङ्स ब्याटिङ गर्दै तीन हजार ४१२ रन बनाएका छन् । उनले मुम्बईका लागि १६ अर्धशतक लगाए । टी–२० करिअरमा उनले सिपिएल लिगमा एक शतक तथा १७ अर्धशतक बनाएका छन् ।